अनुदानपछि ताराखोला आयोजनाको काम अघि बढ्यो

अनुदानपछि ताराखोला आयोजनाको काम अघि बढ्यो

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बागलुङ, २८ असार ।

सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ ।

ताराखोला गाउँपालिका– ५ स्थित तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ ।
विसं २०६८ देखि सुरु भएको आयोजना लगानी अभावमा बीचमै रोकिएको थियो ।

कुल रु १८ करोडको लागतमा बन्ने उक्त आयोजनाको लागि शुरुमै गाउँपालिकाका दुई हजार २०० घरधुरीले रु १५ हजारका दरले रु पाँच करोड पाँच लाख शेयर राखेका थिए ।

अपुग रु तीन करोड ८२ लाख ९७ हजारको लागि पुनः शेयर खुलाइएको आयोजनाका अध्यक्ष तीर्थ्सिँह थापाले बताउनुभयो ।

सरकारी अनुदान र थप शेयर जुट्ने भएपछि आयोजनाको कामले गति लिएको छ । अध्यक्ष थापाका अनुसार आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ । टर्बाइनलगायत उपकरण खरिदका लागि ऋण खोजेरै प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ ।

ताराखोला गाउँपालिका–५ धस्मरमा विद्युत्गृह निर्माण भइरहेको छ । एक वर्ष्भित्र सम्पूर्ण काम पूरा गरी विजुली बाल्ने लक्ष्य आयोजनाको छ । उक्त आयोजना बनेपछि ताराखोला गाउँपालिकाका एक हजार सातसय घरधुरी लाभान्वित हुनेछन् ।

निर्माणमा ढिलाई भएपछि आयोजनाको लागत बढेर १८ करोड पुगेको छ । ताराखोला गाउँपालिका– ५ धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गर्न लागिएको हो । हिउँदमा ३८० किलोवाट तथा वर्षायाममा करिब पाँच सय किलोवाटसम्म विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी