प्रहरीमा जागिर खान पनि खेताला परिक्षार्थीको प्रयोग ,तीन जना पक्राउ

प्रहरीमा जागिर खान पनि खेताला परिक्षार्थीको प्रयोग ,तीन जना पक्राउ

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

विराटनगर , २८ असार ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा प्रहरी जवान पदका लागि भइरहेको भर्ना छनोटमा तीनजना नक्कली परीक्षार्थी भेटिएका छन् ।

नक्कली परीक्षार्थीको सहयोग लिएर प्रहरीमा भर्ना हुने प्रयास गर्दै गर्दा तीन जना विराटनगरबाट पक्राउ परेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका २० का २१ वर्षीय आरबी राई, १९ वर्षीय अक्षयकुमार राई र २७ वर्षीय आनन्द राईलाई पक्राउ गरेको छ ।

प्रहरी जवान पदका लागि दरखास्त दिएका अक्षयकुमारको स्थानमा परीक्षा दिन आएका आरबी र आरबीको स्थानमा परीक्षा दिएका आनन्दलाई पक्राउ गरिएको डीआईजी भट्राईले बताउनु भयो ।

उहाँका अनुसार अक्षयकुमार र आरबी दुबै जनाले प्रहरी जवान पदमा भर्ना हुनका लागि आवेदन दिएका थिए । अक्षयकुमारको आवेदन दर्ता नम्बर ५६७ र आरबीको २३७ हो ।
आरबीलाई अक्षयकुमारको ५६७ दर्ता नम्बरमा परीक्षा केन्द्रमा प्रवेश गरी परीक्षाको पहिलो चरणको विभिन्न विधाहरुमा सहभागी हुँदै गर्दा पक्राउ गरिएको हो । अक्षयकुमारलाई भने प्रहरीले परीक्षा केन्द्र बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

दुई जनालाई पक्राउ गरेपछि आरबीको २३७ दर्ता नम्बरमा भने सोमबार नै परीक्षामा सहभागी भएर आनन्दले परीक्षा दिइसकेको खुलेपछि आनन्दलाई पनि धरान स्थित आफ्नै घरबाट पक्राउ गरिएको डीआईजी भट्राईले बताउनु भयो । पक्राउ परेका तीनै जना नातामा दाजुभाई पर्छन् ।

शारीरिक रुपमा कमजोर रहेको र परीक्षामा उत्तिर्ण हुन नसक्ने भएका कारण आफू परीक्षा स्थल बाहिर बसेर दाजुलाई परीक्षा दिन लगाएको बयान अक्षयले प्रहरीलाई बयान दिएका छन् ।
आरबीलाई परीक्षा दिन लगाएर उनी भने बाहिर बसेको गोप्य सूचना आएपछि क्षेत्रीय अनुसन्धान समूहले उनीहरुमाथि निगरानी बढाएको थियो । आरबीले भने आफूले भाईको परीक्षा दिनु पर्ने भएपछि आफ्नो परीक्षा भने नातामा दाजु पर्ने आनन्दलाई दिन लगाएको बयान दिएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा केही दिनदेखि प्रहरी जवान पदका लागि भर्ना छनौट परीक्षा भइरहेको छ । निर्वाचनका कारण केही पछि धकेलिएको परीक्षा दोस्रो चरणको स्थानीय निर्वाचन सकिएपछि सुरु भएको थियो ।

प्रहरीमा भर्ना लिनका लागि आगामी दिनमा पनि कार्यहरु हुन सक्ने भएकाले राम्रोसंग ‘भेरिफिकेसन’ गरेर मात्र परीक्षा लिइने डीआईजी भट्राईले बताउनु भयो ।

प्रहरीमा भर्नामा नक्कली परीक्षार्थी फेला परेको घटना अनौठो र नौलो भएको भन्दै उहाँले यसले छनौट प्रक्रियालाई संवेदनशील बनाएको बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ