काठमाडौं ,असार २८।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताउनु भएको छ ।
दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले आन्ध्र प्रदेशस्थित विसखापटनममा गरेको कार्यशालामा उपाध्यायले नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश नपाउने जानकारी गराउदै त्यसमा विभिन्न खाले समस्याहरु आउने गरेको बताउनु भयो ।
माथिल्लो तहमा मन्त्रालयमा कुरा गर्दा सबै ठिक भए तापनि सिमानामा बेला बेलामा समस्याहरु देखिने गरेको उल्लेख गर्नू भयो ।
भारतीय उत्पादनले भने नेपालमा सहज रुपमा प्रवेश पाउने गरेको उहाँको भनाई थियो ।उहाँले नेपालले औपचारिक तथा अनौपचारिक समस्याहरु भोग्ने गरेको उल्लेख गर्नु भयो ।