काठमाडौँ, असार २८ ।
प्रधानमन्त्री शेरवहादुर देउवाले भुकम्पपछिको पुननिर्माणको कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा आज बसेको राष्ट्रिय पूर्नर्निमाण प्राधिकरण निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले प्रभावकारी रुपमा पुननिर्माणको काम चाडो अघि बढाउन निर्देशन दिनुभएको हो ।
बैठकमा सहभागी प्राधिकरणक कार्यकारी प्रमुख सिइओ गोविन्द राज पोखरेल तथा मातहतका निकायलाई अनुदान रकम बितरण तथा पुननिर्माणका काममा ढिला सुस्ती नगरी प्रभावकारी रुपमा अघि बढाउन उहाले निर्देशन दिनुभयो ।
विनाशकारी भुकम्प गएको दुइ वर्ष भन्दा बढी भइसक्दा पनि पिडित परिवारलाई अनुदान किस्ता वितरण र पुर्नर्निमाण कार्यले गति लिन नसकेका बेला प्रधानमन्त्री देउवाको यस्तो निर्देशन आएको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भुकम्प पिडितलाई अनुदान रकम कार्यविधी र ऐतिहासिक सम्पदाहरुको निर्माण तथा आगामी आािर्थक वर्षको कार्य योजना पनि बैठकले पारीत गरेको छ ।
बिनाशकारी भुकम्प गएको दुई बर्ष भन्दा बढी भईसक्दा समेत धरहरा लगायत एतिहासिक सम्पदाको समेत पुननिर्माण हुन सकेको छैन ।
पहिचान भएका ७ लाख २४ हजार ९ सय ९५ भुकम्प पिडित मध्ये अहिले सम्म २ हजार २ सय ३४ जनाले मात्र अनुदानको तीन किस्ता रकम पाएका छन् ।