कम्युनिष्ट पार्टीद्वारा कब्जा जग्गा बिक्री गर्न रोक, सुकुम्वासी र भूकम्पपीडितको बिचल्ली नबनाउन चेतावनी

कम्युनिष्ट पार्टीद्वारा कब्जा जग्गा बिक्री गर्न रोक, सुकुम्वासी र भूकम्पपीडितको बिचल्ली नबनाउन चेतावनी

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

२८ असार,चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीले कब्जा गरेको घरजग्गा बिक्रीवितरण गर्न रोक लगाएको घोषणा गरेको छ ।

सुकुम्बासी र भूकम्पपीडितलाई थप यातना दिने उद्देश्यले उठीवास गराएको भन्दै चितवनमा १० बिगाह जमीन बेचबिखन गर्न नपाइने घोषणा गरेको छ ।

मंगलबार भरतपुर महानगरपालिका–५ कैलाश नगरस्थित अजय शाह, विजय शाह र शारदा शाहको संयुक्त नाममा रहेको जग्गा पार्टीले कब्जामा रहेको र सो जग्गा बेचबिखन गर्न नेकपाले रोक लगाएको हो । उक्त जग्गा सट्टापट्टा गर्न समेत नदिने नेपाल कम्युनिस्ट पार्टी इलाका नम्बर छ चितवनले जनाएको छ ।

उक्त जग्गा विगत जनयुद्धकालमा जनसत्ताले कब्जा गरेको र त्यहाँ सुकुम्वासी र भूकम्पपीडित बसोबास गर्दै आइरहेको जग्गाबाट उनीहरुलाई बिचल्ली बनाउने उद्देश्यले बिक्री गर्न लागेको भन्दै सो जग्गा पार्टीकाे अनुमतिबिना खरिदबिक्री नगर्न जग्गाका साझेदारहरुलाई चेतावनी दिइएको छ ।

भूमाफिया शाहहरुले केही समयदेखि प्रशासनको बल प्रयोग गरी भूकम्पपीडित र सुकुम्बासीलाई जबर्जस्त हटाएर अन्याय गरेको भन्दै नेकपा र स्थानीयले विरोध गर्दै आइरहेका छन् । द्वन्द्वकालीन कब्जा घर जग्गालाई पार्टी नीति अनुसार नै व्यक्ति वा कम्पनीलाई बिक्रीवितरण तथा सट्टापट्टा गर्न रोक लगाएको नेकपा चितवन इन्चार्ज लालबहादुर बीसीले अनलाइन डबलीलाई बताए ।

साथै पार्टीको अनुमति बेगर कब्जा जग्गा बेचविखन पाउँदैनन्’ ईन्चार्ज बीसीले बताए । अनुमतिबेगर बिक्रीवितरण गरिए त्यसबाट उत्पन्न परिणाम राम्रो नहुने चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ