भारतीय बाटोे प्रयोग गर्न बाध्य

भारतीय बाटोे प्रयोग गर्न बाध्य

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

गौशाला, २८ असार । महोत्तरीको सदरमुकाम जलेश्वर आउनका लागि बथनाहाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लाको पश्चिम दक्षिण कुनामा भारतीय सीमासँग जोडिएका बथनाहा गाविसका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी चन्दन दुबेले बताउनुभयो ।

सदरमुकाम जलेश्वरबाट ९ किलोमिटर टाढा रहेको बथनाहाबाट आफ्नै देशको भूमि प्रयोग गरेर सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी भरत रायले बताउनुभयो ।

सदरमुकाम जलेश्वर आउनका लागि उनीहरुलाई वर्षौदेखि भारत बिहार राज्य सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिठ्ठामोडबाटो तय गर्नुपर्ने हुन्छ ।

नौ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी अमित दुबेले बताउनुभयो ।

सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोडने नेपाली सडक वर्षौदेखि निर्माण हुन सकेको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ