काठमाडौं असार २८ ।
सरकारले आज देखि काठमाण्डौंको चक्रपथमा बढी सवारी संचालन हुने समयमा ठुला सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
विहान ८ देखि साढे १० र अपरान्ह साढे ३ देखि साढे ६ बजेसम्म चक्रपथभित्र ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा आजदेखि रोक लगाइएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।
चक्रपथमा पिक आवरमा ट्रक, टिपर र मिनी ट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने व्यवसायीसंग सहमति भएको छ ।
रिङरोडमा सवारी जामको समस्या उच्च भएको भन्दै विभिन्न सरोकारवाला निकायसँगको छलफलपछि यस्तो निर्णय भएको प्रवक्ता पाण्डेले बताउनुभयो ।
विभागले काठमाडौँमा ट्रक तथा टिप्पर पार्किङ नहुँदा समस्या परेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline