लजमा मधेसी र एमालेबीच लभ

लजमा मधेसी र एमालेबीच लभ

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं ,२८ असार ।

आफैले खनेको सुरुङमा राजपा यसरी फस्यो कि आधा बाटोबाट फर्कन सक्ने अवस्था नै छैन । असोजमा हुने प्रदशे नम्बर २ को निर्वाचनमा जान्छु भनौं बाँकी १२ जिल्लाका मधेसी रिसाउने जान्न चनौं भन्नै नमिल्ने ।

कांग्रेस–माओवादीकै आड भरोसामा संविधान संशोधन आश्वासन पाएका राजपाको नेताले बल्लतल्ल दल दर्ता त गराए तर चुनाव चिन्ह पाएनन् । यो भनेको सामान बिक्री गर्ने तर बिल नदिएजस्तो भएन ? चुनावमा जाउँ चिन्ह छैन, प्रचार प्रसार गर्ने के को ? दल लर्ता नहुँदा समस्या छँदै थियो । दल दर्ता भयो अर्को समस्या छ ।यही समयमा अरु पार्टी राहत बोकेर तराई झरे तर रापजाका नेता संविधान संशोधन, दल दर्ताको नाममा काठमाडौंमा छन् ।यसले गर्दा प्रदशे नम्बर २ मा समेत उसको साख गिर्ने विश्लेषण गर्न थालिएको छ । जस्तो गत वर्ष भूकम्प जाँदा राहत बोकेर हृदयेश त्रिपाठी गोरखा पुगे । उपेन्द्र यादव रामेछाप तर त्यही तराई भूमिबाट उठेर राजनीतिमा होमिएका यी नेता अहिले बाढी आउँदा किन तराई झरेनन् ? जनताले प्रश्न गर्ने ठाउँ प्रशस्त छ ।

आईतबार धुलिखेलमा अति राजपा र एमालेबीच अति गोप्य भनिएको भेटको खबर कहाँबाट कसरी चुहियो ? प्रचण्ड, देउवाबाट दाल नगल्ने देखेपछि एमालेसँग सम्बन्ध सुधारका लागि राजपा अध्यक्षमण्डलमा कुरा उठ्यो । र, सोही अनुरुप दोस्रो तहका नेतालाई खटाइयो जसमा सांसद लक्ष्मणलाल कर्ण,जितेन्द्र सोनाल, मनीष सुमन, रामनरेश राय थिए । एमालेबाट यसको जिम्मेवारी निभाए रवीन्द्र अधिकारीले । गत वर्ष असार ३ मा संविधान जारी भए यताएमाले र राजपाबीच अटुतापूर्ण सम्बन्ध रह्यो । सम्बन्धलाई मिठासपूर्ण ढंगले अगाडि बढाउने प्रयासस्वरुप पहिलो चरणमा गत शनिबार धुलिखेल लज रिसोर्टमा मन माझियो । जन आस्था साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ