रानीपोखरीको पुनःनिर्माण समयमा सक्न निर्देशन

रानीपोखरीको पुनःनिर्माण समयमा सक्न निर्देशन

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ ।

सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरुलाई भए पनि यसको ढाँचा कामपाले नदिँदा काम रोकिएको बताउनुभयो । कामपाले ढाँचा दिएको दुई महिनाभित्र नै आफूहरुले सबै काम सक्ने जिकिर उहाँको छ ।

कँडेलका अनुसार रु छ करोड २९ लाखमा आफूहरुलाई पोखरीको माटो निकाल्ने, साजसज्जा, पर्खाल बनाउने जिम्मा दिएको र अहिलेसम्म अन्य काम भइसकी साजसज्जाको काम मात्र बाँकी रहेकाले केही समयमा नै काम सक्ने जानकारी  दिनुभयो ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन दुई वर्ष लगाएर विसं १७२७ मा पोखरी निर्माण गराएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा कामपाले विकास गर्दैछ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारिएको छ । पोखरीको दक्षिणपट्टि प्रताप मल्ल र उनका छोराहरुसहितको सेतो हात्तीको मूर्ति छ । यस्तै पोखरीका चारैदिशामा गणेशलगायतका मूर्ति पनि छन् ।

विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको भाइटीकाका दिन मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर यस वर्षको तिहारमा पनि सर्वसाधारणले प्रयोग गर्न नपाउने भएका छन् । रानीपोखरीको सबै पुनःनर्माणको काम कामपाले नै गर्ने भनिए पनि बालगोपालेश्वर मन्दिर नियम विपरीत निर्माण गरेको भन्दै पुरातत्व विभागले आफूले नै निर्माण गर्ने जनाई रोक लगाएपछि हालसम्म काम अघि बढ्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी