अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

जुम्ला, २७ असार ।

जुम्ला सदरमुकाम खलंगामा आज अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ ।

ना२ख ४६०२ नं को मिनीट्रक्रमा पेट्रोल छर्केर आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नचिनेका मान्छेले आगो लगाएको थाहा पाएपछि स्थानीयवासीको सहायतामा आगो निभाइएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
आज नेपाल बन्दका क्रममा जुम्ला पनि बन्द भएकाले आगजनी नेकपा कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तर नेकपाका जुम्ला सेक्रेटरी विर्षबहादुर शाहीले आगजनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । यता प्रहरीले भने घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ