अबदेखि चक्रपथ क्षेत्रमा टिप्पर सञ्चालनमा रोक

अबदेखि चक्रपथ क्षेत्रमा टिप्पर सञ्चालनमा रोक

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २७ असार । सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाएको बताउनुहुन्छ ।

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको भन्दै सवारी चापलाई कम गर्न उक्त निर्णय गरेको बताउनुहुन्छ ।

मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५०० को हाराहारीमा सवारीसाधन सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक छ हजार ५०० को हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्याङ्क छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौँ भित्रिने ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताउनुहुन्छ ।

ट्रक तथा टिप्पर व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउन लागेको स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले दैनिक एक सय ट्रक रोक्दा जनताले सुविधा पाउँछन् भने हामी रोक्छौँ ।”

महासङ्घले काठमाडौँमा ट्रक तथा टिप्पर पार्किङ नहुँदा समस्या परेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी