२७ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले गृहप्रशासनले जनयुद्धकालिन कानुन लगाएर आफ्ना नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बताएका छन् ।
प्रबक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको क्रममा गिरफ्तार नेता कार्यकर्तालाई जनयुद्धका कालमा तत्कालिन सरकारले माओवादीमाथि दमन गर्न तयार गरेको कानून लगाएर फसाउने षड्यन्त्रविरुद्ध पार्टीले नेपाल बन्दको आयोजना गरेको बताएका छन् ।
बन्दको क्रममा रातो खबर साप्ताहिक र इरातोखबर अनलाइनका निर्देशक अनिल शर्मालाई विहानै पत्रिकाको कार्यालय, जनगणतान्त्रिक मंचका इन्चार्ज मकर गुरुङ, अध्यक्ष रत्न मगर, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह लगायतका नेता कार्यकर्तालाई गरेको गिरफ्तारीप्रति आपत्ति जनाउँदै प्रबक्ता प्रकाण्डले रिहाईको माग गरेका छन् । उनले नेपाल बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
विज्ञप्तिको पूर्णपाठः
कथित स्थानीय चुनाबको वहानामा हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जनयुद्धकालमा माओवादी जनयुद्ध दमन गर्न तयार गरेको कानून लगाएर झुट्टा मुद्दामा फसाउने र दमन गर्न गरिएको राज्यको षड्यन्त्रका विरुद्ध आज असाढ २७ गते पार्टीले संघर्षको नेपाल बन्द कार्यक्रम आयोजना गर्यो ।
देउवा सरकारको जनार्दन गृह प्रशासनले रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालाई आज एकाविहान ७ः३० बजे बागवजार पत्रीकाको कार्यालयबाट गिरफ्तार गर्यो । जनगणतान्त्रीक मञ्चका इञ्चार्ज मकर गुरुङ, मञ्चका अध्यक्ष रत्न मगर लगायत ४ जनालाई बागवजार कार्यालयबाट गिरफ्तार गर्यो । विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई मात गर्ने गरी आज विहानै संचार जगतमाथि हमला ग¥यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ । प्रेशमाथिको हमला तुरुन्तै रोकी गिरफ्तार अनिल शर्मा लगायत सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गर्दछ ।
धन्यवाद !प्रकाण्ड
प्रवक्ता
२७ असार ०७४
मंगलबार