पाल्पा ,२७ असार ।
पाल्पामा आज बिहान बम विष्फोट भएको छ । तानसेनको भगवती टोलस्थित गणेश मन्दिर नजिकै प्रेसर कुकर बम विष्फोट भएको हो ।
बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा तानसेन बजारको बीच र माथिल्लो भागमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् ।
बम कसले, किन विष्फोट गराएको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline