जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिड्छन् !

जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिड्छन् !

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जाजरकोट, २७ असार । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे रु २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन् ।

साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् ।

नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदा पाइलैपिच्छे रकम तिर्न बाध्य भएका हुन् ।

कडा चट्टान र भिरालो जमिनमा बम पड्काएर भत्किएको बाटो समयमै मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् ।

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ । बाटोमा केही सामग्री नल्याई खाली आए पनि, आउन र जान ज्यानको बाजी नै लगाउनुपर्ने हुन्छ, अलिकति तलमाथि हुने बित्तिकै नलसिंहगाड नदीमा परिन्छ । यसरी ज्यान बचाउनकै लागि भएपनि पैसा तिर्न बाध्य भएको वारेकोट गाउँपालिका–९ का रवि महतराले बताउनुभयो ।

निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी पहिलेको बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न नमिल्ने पारेर मर्मत नगर्दा निकै समस्या भएको महतराले बताउनुभयो ।

करिब १० किलोमिटर बाटो निर्माण हुँदैछ । यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ