श्रीमतीको टाउको छिनाएर साइकलमा लिएर प्रहरीसमक्ष पुगे बेडुवा ,दूधे बालिकाको उद्धार

श्रीमतीको टाउको छिनाएर साइकलमा लिएर प्रहरीसमक्ष पुगे बेडुवा ,दूधे बालिकाको उद्धार

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेपालगन्ज, असार २७ । बाँकेको कोहलपुर नगरपालिकास्थित बेलनपुरका अहमद अफताव बेडुवाले आफ्नै श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

स्थानीय बेडुवाले आफ्नै जेठी श्रीमती २३ बर्षिया फूलसन बेडुवाको टाउको काटेर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।

घरायसी झगडाका कारण आफूले श्रीमतीको हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।

झारफुक गर्न जाने भन्दै ७ महिनाकी दूधे बालिका बोकेर घरबाट निस्किएका अहमदले बाटोमै श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउकोलाई साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अहमदकी कान्छी श्रीमतीलाई पनि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । दूधे बालिकालाई भने प्रहरीले उद्धार गरेको छ ।

मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ