सुनसरीमा बन्दको अबज्ञा गर्ने सवारीको चाबी खोसेर सडकमा तेर्स्याउदै बन्दकर्ता, ट्राफिक प्रहरीलाई ठेलेर साइड लगाउनको सास्ती

सुनसरीमा बन्दको अबज्ञा गर्ने सवारीको चाबी खोसेर सडकमा तेर्स्याउदै बन्दकर्ता, ट्राफिक प्रहरीलाई ठेलेर साइड लगाउनको सास्ती

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ , २७ असार । नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै सुनसरीको खनारमा एउटा ट्रिपरको चाबि खोसेर सडकको बीचमा छाडिदिएका छन्
नेकपाका कार्यकर्ताे आज आह्वान गरेको बन्दको अबज्ञा गरी सवारी चलाएको भन्दै खनारको गणेश मन्दिर अगाडि सडकको बीचमा नै ट्रिपर तेर्साएर चाबी खोसेर हिडेका हुन् ।
बीच सडकमा नै सवारी तर्सिएपछि आंशिकमात्रामा चलेका सवारीसाधन तितरबितर हुँदा टफिक ब्यावस्थापन केहिबेर अस्तब्यस्त बनेको थियो ।
सो लगत्तै आएको ट्राफिक प्रहरीको टोलीलले ठेलेर बीच सडकबाट ट्रिपपरलाई किनारा लगाएको प्रहरीले जनाएको छ । बन्द कर्ता सडकमा निस्कन थालेपनि सडकमा गुड्ने सवारीको मात्र घट्दै गएको हाम्रा सहकर्मीले जनाएका छन् ।  मिर्मिरेसँगकाे कुराकानीमा घटनास्थलमा रहेका एक जना ट्राफिक प्रहरीले भने , चाबी बन्द कर्ताले लगेछन् , हामिले ठेलेर ट्रिपरलाई बाहिर सडक किनारमा निकालेका छौ । अहिले सडक खुल्ला छ ।
यसअघि आज बिहान इटहरी चोकमा पनि एउटा सवारीलाई बन्दकर्ताले सडकको बिचमा नै तेर्साएर सवारी आवागमनमा अबरोध गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ