नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित

नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २७ असार ।
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज बिहानबाटै देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव उपत्यका बाहिर बढी देखिएको छ ।

बन्दका कारण शिक्षण संस्था सन्चालन हुन नसक्दा पठन पाठन प्रभावित बनेको छ भने यातायातका साधनहरु पनि कम मात्रमा चलेका छन् । बन्दमा कुनै अप्रिय घटना हुन नदिन उपत्यकाको चोक चोकमा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीय तह निर्वाचनको समयमा सरकारले मुलुकका बिभिन्न स्थानबाट आफ्ना कार्यकर्तालाई विनाकारण पक्राउ गरि झुठा मुद्दा लगाएको भन्दै उनीहरुलाई विना सर्त स–सम्मान रिहाईको माग गर्दै सो पार्टीले बन्दको आह्वान गरेको हो ।

पार्टी केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सुमन लिम्बुलाई बिनाकारण गिरफ्तार गरी अहिलेसम्म पनि रिहा नगरी झुट्टा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरेको सो पार्टीको आरोप छ ।

सरकारले स्थानीय तह निर्वाचन सुरक्षाका लागि भन्दै पार्टीका नेता तथा कार्यकर्तालार्ई बिना कारण पक्राउ गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ