एका बिहानै कम्युनिष्ट पार्टीका दुई केन्द्रिय नेता सहित ९ जना काठमाण्डौबाट गिरफ्तार ,सुनसरीमा ४ जना पक्राउ

एका बिहानै कम्युनिष्ट पार्टीका दुई केन्द्रिय नेता सहित ९ जना काठमाण्डौबाट गिरफ्तार ,सुनसरीमा ४ जना पक्राउ

  • मङ्लबार, असार २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २७ असार ।

नेपाल कम्युनिष्ट पार्टीका २ केन्द्रीय नेता सहित आधा दर्जन नेता कार्यकर्ता एकाविहानै काठमाडौंबाट गिरफ्तार परेका छन् ।

पक्राउ पर्नेमा पार्टी पोलिटब्युरो सदस्य अनिल शर्मा, केन्द्रिय सदस्य मकर गुरुङ, नेपाल जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष रत्न मगर, नेताहरु झनक श्रेष्ठ, सुशिल बलम्पाकी, भिम खड्का, हरि श्रेष्ठ रहेका छन् ।

आज बिहान करिब साँढे ६ बजे नेपाल कम्युनिष्ट पार्टीले प्रकाशन गर्दै आएको साप्ताहिक पत्रिका रातो खबरको प्रकाशन सेटिङका लागि कार्यलय पुगेका समय उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

पक्राउ परेका नेता कार्यकर्तालाई महानगरीय प्रहरी वृत्ता सिंहदरबारमा राखिएको छ । यस्तै आज बिहान राजधानीको नैकापबाट पनि दुई जनालाई पक्राउ गरिएको छ ।

आज बिहान करिब ४ बजे सडकमा हिडिरहेको अवस्थामा पार्टी कार्यकर्ता दिपक बानियाँ र विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त कलंकीमा राखिएको छ ।

उता बन्दकाे पूर्वसन्ध्यामा नेकपा धरानका सचीव सुरज राई, पुष्प न्यौपाने, नतासा सुवेदी, आर एन अधिकारी र टेम्पो ड्राइभर ईश्वर राईलाई प्रहरीले गिरफ्तार गरेकाे छ । उनीहरूलाइ बन्दकाे बारे जानकारी गराउन माइकिङ गर्दै गर्दा धरानको भानु चोकबाट उनीहरूलाइ गिरफ्तार गरेको हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ