काठमाडौं, असार २६ ।
नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेजी अभियानको क्रममा प्रहरीद्वारा गिरफ्तार पछि छुटेका आफ्ना नेता तथा कार्यकर्तालाई सम्मान गरेको छ ।
चुनाव खारेजी अभियानको अवधिमा विभिन्न मिति र ठाउँबाट गिरफ्तार पश्चात रिहा भएका २४ जनालाई आईतवार धरानमा एक कार्यक्रम गरी सम्मान गरीएको हो ।
नेकपा कोशी व्युराले आयोजना गरेको कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी सचिव ईन्दिरा मिश्र , पार्टीको सुनसरी सेक्रेटरी युगेन राई सहित २४ जनालाई सम्मान गरीएको हो ।
पार्टीका केन्द्रिय सदस्य नविनको प्रमुख आतिथ्यता तथा सुनसरी इन्चार्ज प्रज्वलको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा कोशी व्युरो ईन्चार्ज नविनले आफूहरुले शान्तिपूर्ण तरिकाले चुनाव खारेजी अभियानमा रहेको बेला राज्यले आफ्ना नेताकार्यकर्तालाई विनाकारण गिरफ्तार र धरपकट गर्दै सरकारले निरङकुशता को शैली प्रदर्शन गरेको पनि बताउनुभयो ।


