कम्युनिष्ट पार्टीद्धारा भोली नेपाल बन्दको घोषणा , सफल बनाउन सबैमा अपिल

कम्युनिष्ट पार्टीद्धारा भोली नेपाल बन्दको घोषणा , सफल बनाउन सबैमा अपिल

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं,असार २६ ।

नेपाल कम्युनिष्ट पार्टीले भोलि २७ गते नेपाल बन्दको आव्हान गरेको छ ।

स्थानीय तह निर्वाचनको समयमा सरकारले मुलुकका बिभिन्न स्थानबाट आफ्ना कार्यकर्तालाई विनाकारण पक्राउ गरि झुठा मुद्दा लगाएको भन्दै उनीहरुलाई विना सर्त स–सम्मान रिहाईको माग गर्दै बन्दको घोषणा गरेको हो ।

नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले प्रेस विज्ञप्ति जारी गर्दै उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, यातायात सबै बन्द गर्न आव्हान गर्नुभएको छ ।

नेकपाका दाङ जिल्ला सेक्रेटरी सविनले पनि विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सुमन लिम्बुलाई बिनाकारण गिरफ्तार गरी अहिलेसम्म पनि रिहा नगरी झुट्टा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरेको बताउनु भएको छ ।

अरु कैयौं कार्यकर्ता र समर्थकहरुलाइ कथित चुनाव सकिदा समेत हिरासतमुक्त नगरिएकोले नेपाल बन्द आव्हान गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी रुपन्देहीका सेक्रेटरी शरद ओलीले पनि एक विज्ञप्ती जारी गर्दै बन्द सफल बनाउनका लागि सहयोगको लागि सबैसग अपिल गर्नु भएको छ ।

यस्तै लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले पनि सबैसँग बन्दको कार्यक्रम सफल पार्नको लागि सबैमा अपिल गर्नु भएको छ ।

पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले पनि राज्यको दमनकारी नीतिका विरुद्ध बन्द आह्वान गरिएको भन्दै सफल पार्न सहयोगको लागि सबैसँग अपिल गर्नु भएको छ ।

यस्तै नेकपा ओखलढुंगाले पनि बन्द सफल बनाउनको लागि सबैसँग अपिल गरेको छ । देशभरी नै नेकपाका विभिन्न तहका संगठनहरुले विज्ञप्ति जारी गर्दै बन्द सफल पार्न सबैमा आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ