काठमाडौ ,२६ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक छिट्टै प्रक्रियामा अगाडि बढ्ने बताउनु भएको छ ।
आज बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले विधेयक अगाडि बढ्ने बताउनुभएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले संशोधन विधेयक ल्याएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प नभएको बताउनु भयो । बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र चुनावका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline