यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु !

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु !

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २६ असार ।
सरकारले सप्तरीका बाढी प्रभावितलाई प्रति परिवार १५ लाख रुपैयाँ सहुलियत ऋण दिने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रीपरिषद बैठकले बाढी प्रभावितलाई प्रति परिवार १५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण र २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गर्नुभए अनुसार सहुलियत रकम दिने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । प्रदेश सभा निर्वाचन सम्बन्धि विधेयक संसदमा पेश गर्नेबारे भने सरकारले केही निर्णय गरेको छैन ।

यस्तै प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको छ । उहाँ यसअघि पनि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रुपमा नियुक्त हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ