विपद व्यवस्थापन विधेयक १५ दिनभित्र संसदमा पेश गर्न सरकारलाई निर्देशन 

विपद व्यवस्थापन विधेयक १५ दिनभित्र संसदमा पेश गर्न सरकारलाई निर्देशन 

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, असार २६ ।

संसदको विकास समितिले विपद व्यवस्थापन विधेयक १५ दिनभित्र संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
विकास समितिको सिंहदरबारमा बसेको बैंठकले दैवी प्रकोप व्यवस्थापनका लागि विधेयक आवश्यक भएको भन्दै पेश गर्न निर्देशन दिएको हो ।

सप्तरीको तिलाठीलगायत तराईका अधिकांश जिल्ला बाढी प्रभावित भएको भन्दै डुवानबाट प्रभावित भएकालाई उद्धार, राहत, वस्ती स्थानान्तरणका लागि तत्काल काम गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

विकास समितिका सभापति रवीन्द्र अधिकारीले बाढी प्रभावित क्षेत्रमा जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले काम गर्न नसकेको भन्दै दीर्घकालीन योजना बनाउन निर्देशन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिर्घकालीन योजना बनाएर अगाडि बढ्न सकेमात्र बाढी नियन्त्रण सम्भव हुने बताउनुभयो ।

यस्तै तराईका अधिकाशं सांसदले सरकारले बाढीपीडितलाई दिएको रकम अपुग भएको भन्दै रकम थप गर्न सुझाव दिएका थिए ।

उनीहरुले घर बनाउनका लागि दिएको १० हजार रुपैयाँ र जस्तापाता खरिदको लागि दिने भनिएको १५ हजार रुपैयाँ अपुग हुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ