स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तर नेकपा (एमाले)का सांसद वंशीधर मिश्रले मनमोहन अस्पतालमा उपचाररत एक बिरामीको पत्थरीको शल्यक्रिया गर्दा मिर्गौलाबाट अति रक्तस्राव भएकाले निजको ज्यान जोगाउन मिर्गौला झिक्नुपरेको स्पष्टीकरण दिनुभयो ।

केही सांसदले निर्वाचनका बेला अकल्पनीय रुपमा रकम खर्च भएको र त्यसको हिसाबकिताब हुनुपर्ने भन्दै निर्वाचन आयोगको खर्च विवरणमा प्रस्तुत हुने खर्च देखावटीमात्र भएकाले त्यसको वास्तविकता पनि छानबिन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सांसद भेषकुमारी राउतले सुङ्गुरको खोरजस्तो स्थानमा रजस्वला भएकालाई राख्दा सर्पले डसेर आफ्नो जिल्लामा एक महिलाको ज्यान गएको बताउँदै सामाजिक कुसंस्कार र कुरीति अन्त्यका लागि सरकारले चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद श्यामकुमार श्रेष्ठ (काभ्रे)ले स्थानीय तहको निर्वाचन बढी महँगो भएको र एउटै वडामा रु ३० लाखसम्म खर्च भएको सूचना आएकाले निर्वाचन स्वच्छ भयो भनेर गरिएको प्रचारसमेत जायज नभएको बताउनुभयो ।

सांसद जनकराज जोशीले पनि स्थानीय तहको निर्वाचन आवश्यकताभन्दा बढी महँगो भएको र पैसा नहुनेले निर्वाचन नै लड्न नसक्ने अवस्था आएको भन्दै राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दललाई राज्यले सीमित रकम वितरण गरेर चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद सोमप्रसाद पाण्डे र तुलसा रानाले तिनाउ खोलाले मे१ज १२१७ नंको जिप बगाउँदा चारजना बेपत्ता भएको र स्थानीय प्रशासनले बेपत्ता नागरिक खोज्न कुनै ध्यान नदिएकोमा गुनासो गर्नुभयो ।

यस्तै सांसद टेकबहादुर बस्नेतले दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परी दुईजनाको निधन भएको र २५ जना घाइते भएकोमा संसद् र सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ