शशांक उम्किँदा पौडेल समूहमा भूकम्प !

शशांक उम्किँदा पौडेल समूहमा भूकम्प !

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,२६ असार ।

मुलुकको सबैभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पत्याउला र ? तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ ।

रामचन्द्र पौडेल अर्थात् पुरानो संस्थापन पक्षका खम्बा मानिएका शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टी विरोधी र जनविरोधी निर्णयहरुमा लगातार साथ दिन थालेपछि पौडेल समूहले यस्तो निष्कर्ष निकालेको हो ।

पौडेल समूहले आफूलाई बिपी कोइरालाको विारसत थाम्ने पार्टीभित्रको संस्थापन पक्ष ठान्छ । तर उनकै पुत्र तथा पार्टी महामन्त्रीले आफ्नो भनिएको संस्थापन पक्षलाई बेवास्ता गर्न थालेपछि पौडेल समूहमा निकै ठूलो छटपटी शुरु भएको छ ।

पौडेल समूहको निष्कर्ष छ कि राष्ट्रिय राजनीति, कार्यनीति, अर्को गुटको षड्यन्त्र तथा आफूनिकट नेता तथा कार्यकर्ताको भावना नबुझ्ने महामन्त्री कोइरालाको स्वभावका कारण पनि पौडेल समूहले हैरानी व्यहाृरिरहेको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ