संविधान संशोधन प्रस्ताव यसै साता संसदमा पेश हुने

संविधान संशोधन प्रस्ताव यसै साता संसदमा पेश हुने

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं ,२५ असार ।

सत्तारुढ नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई तीन दिन भित्रै संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सहमत देखिएकाे छलफलमा सहभागी काग्रेस नेता वालकृष्ण खाँणले जानकारी दिनुभयो ।
‘संविधान संशोधन प्रस्तावलाई अव संसदमा कसरी निर्णयार्थ प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष वीच छलफल भएकाे भन्दै नेता खाँणले पहिला संशोधनमा सहमत दलसँग पूनः एकचरण छलफल गर्ने र तत्कालै संसदमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेकाे बताउनु भयाे ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र काग्रेस नेता खाँणका वीच आइतबार वालुवाटारमा करिव आधा घण्टा छलफल भएको थियो । मधेस केन्द्रीत दल राष्टिय जनता पार्टी (राजपा)ले प्रदेश नम्वर दुईको निर्वाचन अगावै संविधान संसोधन हुर्ने पर्ने अडान दोहो¥याएपछि काग्रेस –माओवादीले संशोधन पास–फेल जे भएपनि अव अगाडी वढाएर जाने रणनीतिमा लागेका हुन् ।
‘सकभर संसोधन प्रस्ताव पास गर्ने गरी सत्तारुढ दलले सवै पक्षसँग छलफल गर्नेछ,’ माओवादी प्रवक्ता पम्फा भुषालले भन्नुभयो, ‘पास नहुने अवस्था आएपनि अव संशोधन प्रस्ताव रोकिदैन, अगाडी वढाइन्छ ।’

राजपा नेताहरुसँग शुक्रवार प्रधानमन्त्री र माओवादी अध्यक्षले साता–दश दिन भित्रै संविधान संसोधन गर्ने प्रतिवद्धता जनाएका थिए । संविधान संशोधन गर्न संसदमा कायम रहेको कुल सदस्य संख्याको दुई तिहाई अर्थात ३ सय ९५ मत आवश्यक पर्छ ।
संसदमा अहिले ५९२ सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ