आफ्नै पार्टीको उम्मेदवारलाई हराएको भन्दै एमाले कार्यकर्ताद्वारा भण्डारीमाथि निर्घात कुटपिट

आफ्नै पार्टीको उम्मेदवारलाई हराएको भन्दै एमाले कार्यकर्ताद्वारा भण्डारीमाथि निर्घात कुटपिट

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दमक , २५ असार ।

एमालेका तर्फबाट वडाअध्यक्षमा उठेका प्रेम पोख्रेललाई हराउन सक्रिय भएको भन्दै  झापा कमल गाउपालिका–१ का रामबहादुर भण्डारीमाथि कुटपिट भएको छ । आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै शनिबार राती सराङपाडा बजारदेखि घर तर्फ साईकलमा जादै गर्दा मोटरसाईकलमा आएका युवाहरुको एक समूहले उहालाई कुटपिट गरी घाइते बनाएका हुन् ।

कुटपिटबाट भण्डारीको टाउको र छातीमो चोट लागेको छ । घाइते भण्डारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

उहाँले भन्नुभयो– ‘बेलुका साइकलमा घर जाँदै थिएँ । मोटरसाइकलमा आएका युवाले काम छ भनेर साइकल रोक्न लगाए । त्यसपछि प्रेम पोख्रेललाई हराउन लागि परेको हैन भन्दै अन्धाधुन्ध कुटपिट गरे।’ गद्धार भन्दै आफूलाई मरनासन्न हुनेगरी कुटपिट गरेको उहाँले बताउनुभयो। मोटरसाइकलमा आएका युवाले मास्क लगाएकोले उनीहरु को हुन् ? भनेर ठम्याउन नसकेको उहाँको भनाई छ । भण्डारी साविक तोपगाछी–९ का पूर्व वडाध्यक्ष समेत रहनु भएको छ ।

यता पार्टी गाउँ कमिटीले भने भण्डारीले भोट दिएको नदिएको भन्ने बहस नै नचलाएको बताएको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष भीम राईले पार्टीका कार्यकर्ताले उहाँ माथि हातपात नगरेको दावी गर्नुभयो । भण्डारी पनि आफ्नो कार्यकर्ता भएकाले उहाँमाथि कसले कुटपिट गरेको भन्ने बिषयमा छलफल भई रहेको कमल गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ