चुनावको पूर्वसन्ध्यामा झै अहिले पनि नेकपाका नेता-कार्यकार्ताका डेरमा प्रहरीले छापामा मारिरहेको छ । प्रहरीले काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाहरुमा नेकपामाथिको धरपकड जारी राखेको छ ।
शनिबार राती मात्र प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित सामाना सास्कृतिक परिवार बस्दै आएको घरमा छापा मारेको छ । सुतिरहेका कलाकारहरुलाई डर त्रासका साथै मानसिक यातना दिएको नेकपाका काठमाडौं इन्चार्ज माइला लामाले बताए । प्रहरीले कलाकारहरुसँग नेताहरु खोही भन्दै मानसिक यातना दिएको थियो ।
यसअघि चुनावको क्रममा गिरफ्तार गरेका केही नेता-कार्यकर्ताहरुलाई अझै रिहा नगरेको नेकपाले जनाएको छ ।