‘संशोधन नभए गठबन्धनमै संकट’

‘संशोधन नभए गठबन्धनमै संकट’

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं ,२५ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार मसान्तभित्रै मधेसीको माग पूरा गर्न संवैधानिक र कानुनी व्यवस्था गर्ने आश्वासन दिएपछि निर्वाचन आयोगमा दल दर्ता गरेको राष्ट्रिय जनता पार्टीका दोस्रो तहका नेताले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता गरी संसद्मा दुईतिहाइ बहुमत पुर्‍याएर संविधान संशोधन पारित गर्ने दायित्वसमेत सरकारको भएकाले ‘प्रधानमन्त्रीले आफ्नो आश्वासन पूरा गर्ने’ विश्वाससाथ राजपाले सकारात्मक कदम उठाएको ती नेताको दाबी छ ।

राजपाका सांसद तथा नेताहरूले आश्वासन पूरा नगरे सरकारबाट बाहिरिने र राजीनामा गरी आन्दोलनमा होमिन आफूहरू स्वतन्त्र रहेको बताएका छन् । ती नेताका अनुसार राजपासँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको धारणा शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र राजपाका शीर्ष नेतासँगको बैठकमा राख्नुभएको थियो ।

हप्ता-दस दिनभित्र संविधान संशोधन पारित गरेरै छाड्ने प्रतिबद्धताको कार्यान्वयन नभए वर्तमान गठबन्धनबाट आफू हट्ने चेतावनीसमेत उनीहरूले दिएका थिए । ‘प्रधानमन्त्री राजपालाई दिएको आश्वासन पूरा गर्न अझै पनि एमालेलगायत विपक्षी दलसँगको गृहकार्यमा संलग्न भएको देखिँदैन । संसद्बाट संविधान संशोधन पारित नभई असोज २ गते तेस्रो चरणको निर्वाचनमा सहभागी भए मधेसी जनताले राजपा नेतालाई कहिल्यै विश्वास गर्दैनन्’, ती नेताले भने ।

तराई मधेस सद्भावना पार्टीका सांसद नरेन्द्र साह कलवारले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको वार्ता र त्यसपछिको राजपाको कदमलाई समर्पणका रुपमा नलिन आग्र्रह गर्नुभयो । आफूहरूले निर्वाचन आयोगमा राजपा दल दर्ताका लागि दिएको निवेदनको उद्देश्य चुनावमा सहभागी हुनु नभएर दलगत मान्यता हासिल गर्नु रहेको बताउनुभयो । राजपा चुनावमा सहभागी हुनका लागि तीनबुँदे सहमति कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद दिनेशप्रसाद साहले तीनबुँदे सहमतिको मुद्दाबाट राजपा पछाडि हट्न नसक्ने बताउनुभयो । सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले कांग्रेसले आफ्नो विश्वसनीयता स्थापित गर्न सहमति लागू गर्नुपर्ने बताउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले देउवा र पुष्पकमल दाहाल दुवैले असार मसान्तभित्रै संशोधन पारित गराउने गरी संसद्मा प्रस्ताव ल्याउने प्रतिबद्धता जनाएकाले यसपल्टको परिस्थिति भिन्न रहेको बताउनुभयो । -अन्नपूर्ण पाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ