पाँच वर्षीय बालकमाथि सौतेनी आमाको दानवीय व्यवहार , छिमेकीले प्रहरीमा दिए उजुरी

पाँच वर्षीय बालकमाथि सौतेनी आमाको दानवीय व्यवहार , छिमेकीले प्रहरीमा दिए उजुरी

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

२४ असार,भोजपुर । सौतेनी आमाले ५ वर्षीय बालकलाई चरम यातना दिएकी छन् ।

भोजपुर नगरपालिका वडा नं. १२ टक्सार कोटडाँडास्थित अबोध ५ वर्षीय बालक निसान रम्तेललाई उनकी कान्छी आमा उर्मिला रम्तेलले निर्घात कुटपिट गरकी हुन् ।

निसानले रुँदै आफूलाई यसअघि पनि धेरै पटक कुटपिट गरिरहने बताए । तर सानीआमाको डरले कसैसँग कुरा गर्न नसेकेको स्थानीयबासीले बताए ।

कुटपिट गर्ने सौतेनी आमा उर्मिलाले आइन्दा गल्ती नदोहोर्‍याउने सर्तमा बुधबार नै मिलापत्रमार्फत माफी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

छिमेकीको घरमा खेल्न गएको भन्दै बुधबार घरमै कुटपिट गरेकी हुन् । मलिबाँसको लौरोको निर्मम यातनाबाट निसानको अनुहार र ढाडमा चोट तथा निलडाम लागेको छ । पटकपटक उर्मिलाले कुटपिट गर्ने गरेको भन्दै छिमेकीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ