चन्द्रबहादुरलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा : दश लाखको अक्षय कोष

चन्द्रबहादुरलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा : दश लाखको अक्षय कोष

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२४ असार,धनगढी । नेपाल कम्युनिस्ट पार्टीका कैलालीले बेबारिसे बम विस्फोटमा परी मृत्यु भएको चन्द्रबहादुर सिंह ‘सनराईज’ को श्रद्धाञ्‍जली सभा अायोजना गरेको छ ।

धनगडी उपमहानगरपालिका १२ जुगेडा स्थित घरमा शनिबार श्रद्धाञ्‍जली सभाको अायोजना गरिएको हो । जिल्ला सदस्य समेत रहेका सनराइजलाई श्रद्धाञ्‍जली दिन पार्टीका पोलिट्ब्युरो सदस्य अोमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्कासहितका नेताहरु सहभागी थिए ।

यही असार १२ गते राति सनराइजले बेवारिसे बम चलाउँदा विस्फोट भएको थियो । विस्फोटबाट गम्भीर घाइते भएका सनराइजको उपचारको क्रममा सेती अञ्‍चल अस्पतालमा राति नै मृत्यु भएको थियो ।

नेकपा कैलालीले सनराइजको सम्झनामा दश लाखको अक्षय कोष खडा गरेको छ । पार्टीको सेती ब्युरोले सनराइजलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ