काठमाण्डौ, असार २४ ।
राजपा नेपालका एक शीर्ष नेताले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् ।
राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिनुभयो ।
आज रिपोर्टर्स क्लबको साक्षात्कार नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताउनुभयो ।
संविधान संशोधन हुन नसके १२ महिनासम्म सत्तारुढ गठबन्धनसाग गरेको वार्ता निरर्थक हुने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline