बाढीले रु एक करोड भन्दा बढीको नोक्सान

बाढीले रु एक करोड भन्दा बढीको नोक्सान

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सप्तरी, २४ असार । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ ।

सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पु¥याएको बताइएको छ ।
सुनदरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको र तोडफोडसमेत गरेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले बताउनुभयो ।

डिभिजन प्रमुख मिश्रले उक्त क्षतिको स्टिमेट र क्षतिको बारे विवरण तयार भइसकेको समेत बताउनुभयो । लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई सो कार्यालयले विगत दुई बर्ष देखि पुनः निर्माण एवम सुधार गरेको थियो ।
जस्को कारण सप्तरीको सिँचाईमा सुबिधा पुगेको स्थानीय बासिन्दाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ