बाह्रबिसेमा विद्युत सर्ट भइ आगलागी : दुईको मृत्यु, पाँच घाइते

बाह्रबिसेमा विद्युत सर्ट भइ आगलागी : दुईको मृत्यु, पाँच घाइते

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सिन्धुपाल्चोक , २४ असार ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ फाल्डुक टोलमा अचानक विद्युत सर्ट भएर गाउँमा आगो फैलदा दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५१ वर्षीया बाक्टु तामाङ र ४६ वर्षीया पासाङ तामाङ रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि बाह्रबिसे स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि सुकु, दावा, नुर्पु, कार्पो र ङाइबा तामाङ घाइते भएका छन् । गम्भीर घाइते सुकुलाई धुलिखेल लगिएको छ । चार घाइतेको बाह्रबिसे अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।

शुक्रबार राती तीन बजे सबै निदाएको बेला एक्कासी विद्युत सर्ट भएर टहरा जलेको जनाईएको छ ।

गाउँ नजिकै रहेको ट्रान्समिटरमा हाइभोल्टेज करेन्ट जाँदा सर्ट भएको स्थानीयले बताएका छन् । पहिलेदेखि उक्त ट्रान्समिटर बिग्रिएकोले विद्युत प्राधिकरण बाह्रबिसे र लामोसाँघु पुगेर स्थानीयले मर्मतका लागि थुप्रै पटक अनुरोध गरेपनि मर्मत भएको थिएन ।
गाउँमा रहेका ६५ टहरामध्ये धेरैजसो जलेका छन् । दुईटा भैंसी, राँगा र केही बाख्रा जलेर मरेका छन् । रातको समयमा एकाएक गाउँ नै जलेको देखेपछि भागदौडमा परेर एक दर्जन अरु स्थानीयलाई चोटपटक लागेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ