कमल सरगम
काठमाण्डौ।
नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका एउटा अब्बल प्रतिभासाली गायक हुन् चुडामणी नेपाली ।”म तिम्रो हैन भनेत”बाट नेपाली सांगीतिक यात्रामा प्रबेस गरेका गायक नेपाली अहिले नेपाली सांगीतिक क्षेत्रमा निकै व्यस्त छन् ।चर्चित गायक बिरही कार्की संगको सहकार्यतामा नेपाली सांगीतिक जगतमा प्रबेस गरेका चुडामणी फेरी परदेशीको कथामा रहेको बास्तबिक लोकदोहोरी गीत “म छु एता परदेशमा”बजारमा ल्याउने तरखरमा छन ।गीतमा पूर्ण कला बिसी र चुडामणी नेपालीको रहेको छ भने उनै चर्चित गायक तथा सर्जक बिरही कार्कीको उत्कृष्ट लय र अर्का चर्चित सर्जक गणेश चौलागाईको शब्द रहेको छ ।गीतलाई सुनखानी म्यूजिक प्रालिले बजारमा ल्याउदै छ ।तीज पछी बजारमा आउन लागेको गीतको म्यूजिक भिडियोको काम सुरु हुदै गरेको गायक बिरही कार्कीले जानकारी दिनुभयो ।
गीत यस्तो छ :
[youtube https://www.youtube.com/watch?v=Tfio5m69N1o]