चट्याङ लागेर एक जनाको मृत्यु ,तीन जना घाइते

चट्याङ लागेर एक जनाको मृत्यु ,तीन जना घाइते

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नुवाकोट, २४ असार । मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी सामरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तेजलाल यादवले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएका ४७ वर्षीय तामाङको शरीर जलेर क्षतविक्षत भएकाले परीक्षण नै नगरी शव परिवारलाई जिम्मा लगाइएको छ । चट्याङ लागेर भिभरामका भतिज २२ वर्षीय सूर्य, उहाँकी श्रीमती २२ वर्षीया सुष्मा र उहाँको चारमहिने छोरा अरुण घाइते भएका छन् ।

घाइते तीनै जनालाई नुवाकोट सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङले सूर्यको ब्याउने भैँसी मरेको छ भने गाउँमा रहेका एक दर्जन घरको विद्युतीय सामग्रीमा समेत क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ