चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चन रहेका छन् ।
काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान पौने ४ बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका उनीहरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयल चितवनले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा आज बिहान ५ बजे मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline