पूर्वरक्षा राज्यमन्त्री र सांसदको अतिथि मोह , प्रमुख अतिथि बन्न पाउनुपर्ने बिबादमा गाउँपालीका पदाधिकारीको सपथ नै रोकियो 

पूर्वरक्षा राज्यमन्त्री र सांसदको अतिथि मोह , प्रमुख अतिथि बन्न पाउनुपर्ने बिबादमा गाउँपालीका पदाधिकारीको सपथ नै रोकियो 

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नवलपरासी, असार २३ ।

पूर्वरक्षा राज्यमन्त्री रामवचन अहिर र सांसद विक्रम खनालबीचको प्रमुख अतिथि बन्ने भन्ने बिबादका कारण नवलपरासीको  सरावल गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रम नै स्थगित भएको छ ।

शनिवार सरावल गाउँपालिकाको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सांसद खनाललाई आयोजकले यसअघि नै प्रमुख अतिथि भनेर पत्र पठाएर निम्तो दिएका थिए ।तर अचानक दुबै जना  एकैपटक आइपुगे ।

प्रमुखअतिथि भनेर नबोलाइए पनि सपथ कार्यक्रममा पुगेका अहिरले आफ्नो पार्टीले गाउँपालिका प्रमुख जितेकाले आफैंलाई प्रमुख अतिथि बनाउन दवाद दिए । प्रमुख अतिथिको विवादले शनिबार दिउँसो ३ बजे बोलाइएको सपथग्रहण कार्यक्रम हुन नसकेपछि साँझ पौने ६ बजे सम्मका लागि भन्दै स्थगित गरिएको छ ।

सरावल गाउँपालिका प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका राधेश्याम चौधरी र उपप्रमुखमा नेपाली कांग्रेसकी उत्तमा राय चुनिएकी छन् । कांग्रेस २ वटा वडामा, ४ वटा वडामा फोरम र एउटामा माओवादी केन्द्रले जितेको छ ।

निर्वाचन अधिकृतले सरकारी निर्देशन अनुसार सम्बन्धित क्षेत्रको सांसद बोलाउनु भनेकाले आफूहरुले सभासद विक्रम खनाललाई ४ दिनअघि नै प्रमुख अतिथि भनेर पत्राचार गरेर बोलाएको बताए  ।

सपथग्रहण कार्यक्रममा निर्वाचन कार्यालयले नबोएपनि फोरम लोकतान्त्रिकका जिल्ला नेता तथा पूर्वरक्षा राज्यमन्त्री अहिर कार्यकर्ताको दलबलसहित सपथ कार्यक्रममा पुगेका थिए ।

गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले आफ्नै पार्टीका नेता प्रमुख अतिथि भएमात्र सपथ खाने अडान लिएपछि सपथ कार्यक्रम नै स्थगित गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ