प्लास्टिकको ओत लगाएर सिंहदरबारको बचावट !

प्लास्टिकको ओत लगाएर सिंहदरबारको बचावट !

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, असार २३ ।

वर्षाको पानीबाट बचाउन भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पूरै भत्काएर पुनःनिर्माण गर्ने कि प्रबलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो ।

पुरातत्वविद्, प्राधिकरण र मन्त्रालयका अधिकारीले सिंहदरबारको अवलोकन गरी पुरातात्विक महत्व बोकेको सिंहदरबारलाई नभत्काई प्रबलीकरण गर्ने निर्णय गरेका थिए । वर्षाअगावै प्रबलीकरण नसकिने भएकाले प्लास्टिकले छोपेर घामपानीबाट मूल भवनलाई जोगाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ