विनियोजन विधेयकमाथिको छलफल सकियो, उठेका प्रश्नको जवाफ आईतवारबाट !

विनियोजन विधेयकमाथिको छलफल सकियो, उठेका प्रश्नको जवाफ आईतवारबाट !

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,असार २३ ।

व्यवस्थापिका संसदमा गत असार २० गते देखि जारी विनियोजन विधेयक, २०७४ माथिको छलफल शुक्रवारबाट सकिएको छ । छलफको अन्तिम दिन शुक्रवार आज विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहकारी तथा गरिवी निवारण, सामान्य प्रशासन, सिंचाई, सूचना तथा सञ्चार र स्वास्थ्य मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथि छलफल भएको हो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको र उपराष्ट्रपतिको कार्यालयमाथिको विभिन्न खर्च शीर्षकमा पनि सांसदहरुले धारणा राखेका थिए ।

पहिलो दिन ६, दोस्रो दिन ७, तेस्रो दिन ९ र चौथो दिन आज ८ वटा मन्त्रालय तथा चार वटा निकायमाथि विनियोजित खर्च शीर्षकमा सांसदहरुले धारणा राखेका हुन् ।
छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले अगामी आईतबार र सोमबार  जवाफ दिने समय निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिइसके पछि आर्थिक वर्ष।२०७४–०७५ को पूर्ण बजेट पारितको प्रक्रिया सुरु हुनेछ ।

संसदको अर्को बैठक पर्सी आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी