बाढी प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्रीले भने , जस्तापाता किन्न र टहरा बनाउन २५ हजार रुपैयाँ दिइने छ

बाढी प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्रीले भने , जस्तापाता किन्न र टहरा बनाउन २५ हजार रुपैयाँ दिइने छ

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असार २३, काठमाण्डौ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सप्तरी पुगेर गत शनिबार महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझेका छन् ।
बिहान करिव साढे ९ बजे राजधानीबाट हेलिकप्टरमा देउवासहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ पुगका थिए ।

प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना,सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए । निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरे ।

यसैगरी प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई तटबन्ध निर्माण गरेकोमा धन्यवाद दिए । प्रधानमन्त्री देउावले बाढीपीडितलाई व्यापार/व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताए । उनले भने, ‘केही दिनमा डुबान प्रभावित क्षेत्रमा नि:शुल्क औषधिसहित स्वास्थ्य टोली खटाइने छ भने पिउने पानीको समस्या आजको दिनदेखि नै समाधान हुन्छ ।’

प्रधानमन्त्री देउावले बाढीपीडितलाई सम्बोधन गर्ने क्रममा राजविराज-कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

उनले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लाहनमा नदी नियन्त्रणको नाममा भ्रष्टाचार भएको भन्ने आएको गुनासोको पनि छानविन समिति बनाएर चाँडै सम्बोधन गर्ने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ