विराटनगरमा कांग्रेसको अग्रता कायमै

विराटनगरमा कांग्रेसको अग्रता कायमै

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ,२३ असार ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका भिम पराजुली १३ हजार २ सय ९१ मतसहित शिर्षस्थानमा छ । एमालेका बिनोद ढकालले १० हजार ३३ मत पाउनु भएको छ ।

यस्तै नयाँ शक्ति र संघीय समाजवादी फोरमका साझा उमेदवार उमेश कुमार यादवले १० हजार ४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

कांग्रेसका इन्दिरा कार्की ११ हजार ४ सय ९७ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने उहाँका प्रतिद्धन्द्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ६ हजार ८ सय १२ मतसहित पछ्याई रहनुभएको छ ।

उपमहानगर तर्फ निर्वाचन भएका सात उपमहानगरमध्ये पाँच वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । बाँकी धरान र धनगढी उपमहानगरपालिकाको मात्र मतगणना जारी छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बा ८ हजार ६ सय ९० मतसहित शिर्ष स्थानमा हुनुहुन्छ । ७ हजार १ सय १ मतसहित कांग्रेसका तिलक राई दोस्रो स्थानमा हुनुहुन्छ ।

प्रदेश नम्बर ७ को धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । कांग्रेसका नृप वड ११ हजार ५ सय ८९ मतसहित शिर्षस्थानमा हुनुहुन्छ भने स्वतन्त्र उमेदवार गोपाल हमालले १० हजार ४ सय ३५ मतसहित पछ्याइरहनु भएको छ ।

एमालेका दुर्गाप्रसाद जोशीले ८ हजार १ सय ९६ मत पाउनु भएको छ । बुटवल, तुल्सीपुर, घोराही र नेपालगन्ज उपमहानगरको मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ