३ सय २४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

३ सय २४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २३ असार ।
दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये हालसम्म ३ सय २४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । विराटनगर महानगरपालिकासहित बाँकी १० स्थानमा मतगणना जारी छ ।

मतपरिणाम सार्वजनिक भएका मध्ये नेकपा एमाले १ सय ४६ स्थानीय तहमा विजयी भएका छन् । कांग्रेसले १ सय १८ स्थानमा जीत हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३८ स्थानमा विजयी भएका छन् । राप्रपाले ४ स्थानमा जीत हासिल गरेको छ ।

अन्य १८ स्थानमा विभिन्न साना दल तथा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मतगणना जारी रहेका मध्ये ६ स्थानमा नेकपा एमालेको अग्रता छ भने २ स्थानमा कांग्रेस अघि देखिएको छ ।

एक स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ भने एकमा अन्य दलको अग्रता छ । पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणमा पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ । कांग्रेस दोस्रो तथा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ