कांग्रेसले हारेपछि तरुण दलका कार्यकर्ताले आफ्नै नेतालाई दले कालोमोसो

कांग्रेसले हारेपछि तरुण दलका कार्यकर्ताले आफ्नै नेतालाई दले कालोमोसो

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बाँके, असार २२ । नेपाल तरुण दलका कार्यकर्ताहरुले कोहलपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएपछि क्षेत्रीय नेता युवराज पौडेलमाथि दुब्र्यवहार गर्दै कालोमासो दलेका छन् ।

तरुण दलका युवाहरुले नेपाली कांग्रेस क्षेत्र नं. १ का सदस्य युवराज पौडेलले पार्टीलाई अन्तरघात गरेको भन्दै उनीमाथि अभद्र व्यवहार गरेका हुन् । चुनाव सकिएपछि पौडेल कोहलपुर नगरपालिका–३, मदन चोकस्थित आफ्नै निवासमा बसिरहेको बेला विजय पुडासैनीको नेतृत्वमा रहेका केही युवाहरुले घरबाहिर बोलाएर कालो मोसो दलेर गएकाे जनाइएकाे छ ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भानुभक्त भट्टराईलाई उनै पौडेलले हराएको भन्दै तरुण दलका युवाहरु आक्रोशित भएका थिए । साथै पौडेलले आफूमाथि दुव्र्यवहार भएको र अरुलाई पनि चेतावनी दिएको बताएका छन् ।

नेपाली कांग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । यहाँ कांग्रेसले मेयर पदमा हारे पनि उपमेयर पदमा भने जितेको छ । पौडेल आफैँ पनि मेयर पदका लागि सुरुमा दावेदार थिए । तर आफूले टिकट नपाएपछि आफ्नै पार्टीका मेयर उम्मेदवारलाई असहयोग गरेको स्थानीय नेताहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ