नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान

नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २२ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे सम्बोधन गर्दै उहाँले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण, दीर्घकालीन सहयोग आदानप्रदानबाट आर्थिक रुपान्तरणका लागि प्राकृतिक स्रोतको उपयोग गर्ने एक अवसरका रुपमा बिआरआईलाई लिइएको उहाँले स्पष्ट पार्नुभयो ।
बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान पनि उहाँले आह्वान गर्नुभयो ।
उपराष्ट्रपति पुनले सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेकामा चिनियाँ सरकारलाई धन्यवाद दिदै अभियानलाई सफल बनाउन चिनियाँ जनतालाई नेपाल भ्रमणमा जान उत्प्रेरणा दिन पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी