काठमाडौ २२ असार ।
सुनसरीको इटहरी–९ विराटनगर लाइनमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीका रोशन तामाङ रहेको प्रहरीले जनाएको छ ।
को १ त १५८३ नम्बरको ट्रयाक्टरसँग ठोक्किएर लडेका को ६ प ९९२ नम्बरको मोटरसाइकलका चालक तामाङलाई ना ५ ख ३४३८ नम्बरको ट्रकले च्यापिँदा घटनास्थमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।ट्रयाक्टर र बाइक ठाेक्किएर उछिट्टिएका तामाङलाइ ट्रकले च्यापेकाे थियाे ।
तीन दिनदेखि लगातार परेको पानीले जिर्ण बनेको सडकमा उक्त दुर्घटना भएको हो । विराटनगर लाइनको राधाकृष्ण मन्दिरबाट साथी पेट्रोल पम्पसम्मको एक किलोमिटर सडक जिर्ण बनेको छ ।
सडक बनाउन सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । -फाइल तस्विर
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline