काठमाडौ २२ असार ।
राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको बैठक आजपनि बस्दैछ । पार्टी घोषणापत्र र अन्य प्राविधिक विषयमा अल्झिएको राजपा अध्यक्ष मण्डलको बैठक केही दिन यता जारी छ ।
निर्वाचन आयोगमा हिजो नै दल दर्ता गर्ने भनिएपनि केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले बैठक केहस्दिन लम्बिएको राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
बैठक आज बिहान ११ बजेपछि विजुलीबजारस्थित पार्टी कार्यलयमा बस्नेछ । पार्टी एकिकरणका क्रममा भएको सहमति अनुसार राजपा अध्यक्ष मण्डलको संयोजक समेत ताकिएको छैन ।
केही दिन यता लगातार बैठक बस्दै आएपनि पार्टी घोषणापत्र, दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी भएकाहरुलाई अनुशासनको कारबाही लगायतका विषयमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline