काठमाण्डौ ,२२ असार ।
श्रीमतीले चुनाव हारेको झोकमा धनकुटाका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिस्कार गरेका छन् । पुरोहि हरिप्रसाद दाहालकी पत्नी रीता दाहाल काग्रेसको तफैबाट छथर जोरपार्टी गाउँपालीका ५ मा महिला सदस्यको उम्मेदवार थिईन् ।
पत्नीले कम्तिमा ६ सय मत पाउने अनुमान गरेका दाहाल अन्त्यमा १३७ मत पाएपछि आक्रोसित बनेका हुन् । मेरो पत्नीको पराजयमा आफ्नै जजमानको हात रह्यो दाहालले आक्रोशित हुदै भने १६ परिवारले मत दिएको भए जित सुनिश्चीत हुन्थ्यो ।
दाहालले जजमानका घरमा मृत्युपछिको संस्कार समेत नगरिदिएपछि गाउँभरी खैलाबैला मच्चिएको छ । महिना अघि निधन भएकी आफ्नी आमाको मासिकका लागि तयारीमा बसेका छथर जोरपार्टी गाँउपालीकाका ५ ताम्लिद्धका राजेन्द्रप्रसाद चापागाईलाई दाहालले मंगलवार अबेर फोन गरी चुनावमा भोट नदिएकाले नआउने जानकारी दिए ।
एकछाकि गरेर मासिक गर्न पुरोहित कुरेर बसेका चापागाईलाई अर्को पुरोहित खोज्न सास्ती भयो । उनले अर्को गाँउबाट पुरोहि खोजेर काम सकाएका छन् ।
पुरेतले भने , म मुलबाटो मुनिका सबै घरमा पुरेत भएर कहिल्यै जान्न , मर्दा पर्दा चाहिने पुरेत र जजमानको साइनो भुलेर भोट नहाल्नेलाई म पनि बहिस्कार गर्छु । -कान्तिपुर दैनिक