नगर प्रमुखलाई काम गर्न अदालतले लगायो रोक ,यस्तो छ कारण

नगर प्रमुखलाई काम गर्न अदालतले लगायो रोक ,यस्तो छ कारण

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बैतडी, २१ असार । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापालाई उच्च अदालत दिपायलले प्रमुखको रुपमा कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

बुधबार उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गर्नुभएको थियो । उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकाले निवेदनको व्यहोरा र बहस जिकिर सुन्ने र दुवैपक्षलाई रोहबरमा राखी छलफल गराउन उचित हुने निष्कर्षसहित छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ ।

असार २९ गते दुवै पक्षसँगको छलफल गरी अदालतले फैसला सुनाउने भएको छ । काँग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतअन्तरले पराजित जोशीले गणनामा धाँधली भएको दाबी गर्दैआउनुभएको छ । थापा तीन हजार ७६२ मत ल्याएर विजयी भएको हो भने जोशीले तीन हजार ७०० मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ