सात वटा मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथि छलफल

सात वटा मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथि छलफल

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,२१ असार ।

व्यवस्थापिका संसदमा आज दोस्रो दिन बिभिन्न सात वटा मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथि छलफल भएको छ ।

आज परराष्ट्र, संघीय मामिला तथा स्थानीय विकास, आपुर्ति, उद्योग, ऊर्जा, कृषि विकास तथा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छुट्याईएको बजेटबारे छलफल भएको हो । छलफलमा आज २७ जना सांसदले धारणा राखेका थिए ।

छलफलमा भाग लिने सांसदहरुले जलस्रोतमा धनी भएर पनि विद्युत उत्पादन प्रर्याप्त नहुँदा अहिलेपनि अधिकांश ठाउँमा लोडसेडिङ कायम रहेको तथा युवाहरुलाई देश भित्रै रोजगार दिने कार्यक्रम दिन सरकार असफल भएको लगायत धारणा राखेका थिए ।

कृषिलाई आधुनिकीकरण गरी युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिदै उनीहरुले शहर व्यवस्थित गर्ने कार्यक्रम नारामा मात्र सीमित भएको भन्दै आपत्ति जनाएका छन् ।

बजेट निर्धारणका क्रममा आफ्ना दलका सांसद र क्षेत्रका लागि बढी रकम विनियोजन गरेको, विकास निर्माणमा कम रकम खर्च भएकोप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

आर्थिक बर्षको अन्त्यमा मात्र काम गर्ने परिपाटी समाप्त हुनु पर्ने उल्लेख गर्दै उनीहरुले असल नियतका साथ बजेट विनियोजन गरी विकास निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।
पूर्ण बजेट प्रस्तुत भएको एक महिनापछि संसदमा विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

संसदको अर्को बैठक भोली बिहान ११ बजेका लागि बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी